Logo

५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



झापा, १३ माघ। ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका-२ चैतुवारीस्थित प्रदिप इँटा भट्टामा काम गर्ने सर्लाही बरथवा नगरपालिका-२ हजरिया घर भएका ३८ वर्षीय गंगा मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्