Logo

अन्ततः शुरु भयो ‘बेइजिङ शीतकालीन ओलम्पिक २०२२’



एजेन्सी, २१ माघ। चीनको ‘बेइजिङ शीतकालीन ओलम्पिक २०२२’का खेलहरू शुरु भएका छन् । आज (शुक्रबार) अर्थात् फेब्रुअरी ४ देखि ‘बेइजिङ विन्टर ओलम्पिक २०२२’ सुरु भएको हो। कोरोना महामारी नियन्त्रणका बेला बेइजिङमा चलिरहेका खेल मानवअधिकार हनन र बहिष्कारको आरोपमा राजनीतिक तनावले भरिएका छन्।

यद्यपि, ओलम्पिक खेलहरु हेर्नका लागि कुनै पनि सर्वसाधरणहरुसँग टिकट बिक्री गरिएको छैन । चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य, तीनका परिवार र सरकारी अधिनमा रहेका कम्पनीका कर्मचारीहरुलाई मात्रै खेल हेर्न सक्ने छन् । उनीहरुमाथि पनि कोरोनाका नियमहरु लागु गरिएको छ । चीनले शुन्य कोभिड नीति भन्दै गरेको कडाइका कारण हेर्न चाहने कयौं व्यक्तिहरुले ओलम्पिक खेल हेर्न नपाउने भएपछि दुख व्यक्त गरेका छन् ।

उक्त खेल फेब्रुअरी २० सम्म चल्ने छ। ‘बेइजिङ शीतकालीन ओलम्पिक २०२२’ को प्रारम्भ देखिनै उक्त खेल प्रति विभिन्न समुदायहरुले आपत्ति जनाउदै प्रदर्शन गरिररहेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङले सुरक्षित तरिकाले खेल सम्पन्न गर्ने बाचा गरेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot