Logo

च्याम्पियन टोलीसँग अलमुताइरीको सेल्फी



काठमाडौं, २१ माघ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली महिला भलिबल टोलीसँग सेल्फी लिएका छन् ।

मुख्य प्रशिक्षक अलमुताइरीले आज प्रधानमन्त्री शेरबहादुुर देउवासँग भेटवार्ता गर्न बालुवाटार गएको समयमा भलिबल टोलीसँग भेट भएको हो ।

अलमुताइरीले नेपाली च्याम्पीयन महिला भलिबल टोलीसँग समेत भेट भएको भन्दै खेलाडीहरुसँगको सेल्फी सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

सामाजिक सञ्जालमा उक्त तस्विर राख्दै उनले भनेका छन्,‘आज मैले प्रधानमन्त्री शेरबहादुर देउवा र खेलकुद मन्त्री महेश्वरजंग गहतराज भेट्ने सौभाग्य पाए । साथमा नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्याय समेत हुनुहुन्थ्यो । साथै मैले नेपाली च्याम्पियन महिला भलिबल टोलीलाई पनि भेटे ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot