Logo

हिउँदे ओलम्पिक सुरु



एजेन्सी, २१ माघ । चीनको राजधानी बेइजिङमा हिउँदे ओलम्पिक सुरु भएको छ । आज बेइजिङस्थित स्टेडियममा भव्य समारोहबीच ओलम्पिकको उदघाटन भएको हो ।

ओलम्पिक उदघाटन समारोहमा चीनका राष्ट्रपति सी चिनफिङ सहभागी भए । ओलम्पिक उदघाटनमा सहभागी हुन रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानका प्रधानमन्त्री इमरान खानलगायत विश्वका नेताहरु पुगेका थिए ।

अमेरिका र भारतले भने ओलम्पिकको कूटनीतिक सहभागिता जनाएनन् । कतिपय देशले चीनको मानवअधिकारलगायत विषय उठाएर ओलम्पिकको कूटनीतिक बहिष्कार गरे । उनीहरुका तर्फबाट खेलाडी भने सहभागी भए ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot