Logo

स्पेनिस ला लिगाः लेभान्टेमाथि गेटाफेको फराकिलो जित



काठमाडौं, २२ माघ । स्पेनिस ला लिगा फुटबलमा गेटाफेले लेभान्टेमाथि फराकिलो जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा गेटाफेले लेभान्टेलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

गेटाफेको घरेलु मैदानमा भएको खेलमा पहिलो मिनेटमै इनेस उनलको गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको २९औं मिनेटमा उनलले व्यक्तिगत दोस्रो गोल गर्दै गेटाफेको अग्रता दोब्बर बनाए ।

साथै, खेलको इन्जुरी समयमा कार्लेस अलेनाले गोल गर्दै गेटाफेलाई ३–० को जित दिलाए ।

यस जितसँगै गेटाफे २५ अंकका साथ १४औं स्थानमा रहेको छ ।

११ अंक जोडेको लेभान्टे तालिकाको पुछारमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot