Logo

भारतमा कोरोना रोकथामका लागि लगाइएका धेरैजसो प्रतिबन्ध हटाइयो



एजेन्सी, २४ माघ। भारतले कोरोना संक्रमण रोकथामका लागि भन्दै लगाइएका धेरैजसो प्रतिबन्ध हटाएको छ । भारतले कोरोना भाइरस सङ्क्रमणको जोखिम कम भएसँगै प्रतिबन्धात्मक नियमहरु हटाउन थालेको हो ।

संक्रमण हुनेको संख्या र संक्रमणणदर दुवै घटेकाले आजदेखि सबै सरकारी कार्यालय खुल्ने भएका छन् । सरकारी सेवा नियमित अवस्थामा फर्किने भएको हो ।भारतमा आजदेखि सबै कर्मचारी भौतिक रुपमा नै नियमित रुपमा कार्यालय जाने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तर, कार्यालयमा स्वास्थ्यका मापदण्ड भने पालना गर्नु पर्नेछ । यस्तै, नयाँ दिल्लीमा बन्द भएका शैक्षिक संस्था पनि आजदेखि खुल्दै छन् । दिल्लीका स्कुल, कलेज, कार्यालय लगायतका क्षेत्र खुलेका हुन् । मारती सञ्चारमाध्यमले जनाए अनुसार भारतको जनजीवन बिस्तारै पुरानै लयमा फर्किन लागेको हो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot