Logo

स्नातकोत्तरमा कम क्रेडिट आवरलाई समकक्षता दिने तयारी



काठमाडौं, माघ २६ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्रले स्नातकोत्तर तहमा कम क्रेडिट आवरलाई पनि समकक्षता र मान्यता दिने प्रक्रिया अघि बढाएको छ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक पारसनाथ यादवले अगामी शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी पाठ्यक्रम विकास केन्द्र, समकक्षता र मान्यतासम्बन्धी निर्देशिका परिमार्जन गर्ने तयारी गरेको जनाए।

निर्देशिकामा हालको व्यवस्थाले विदेशी विश्वविद्यालयबाट स्नातकोत्तर तह पास गरेका विद्यार्थीले कम क्रेडिट आवरकै कारण समकक्षता पाएका छैनन्।

उनीहरूको शैक्षिक योग्यताको प्रमाणपत्र नेपाली विश्वविद्यालयहरूको क्रेडिट आवरसँग मेल खाँदैन। जसका कारण उनीहरूलाई नेपालमै समेत आफ्नो शैक्षिक तहलाई अगाडि बढाउन समस्या भएको छ।

नेपालमा विश्वविद्यालयहरूले स्नातकोत्तर तह दुई वर्षको कायम गरेका छन्। त्रिविको समकक्षता र मान्यतासम्बन्धी निर्देशिकाले गरेको व्यवस्थाअनुसार पनि स्नातकोत्तर तह दुई वर्षको हो भने क्रेडिट आवर ६० घन्टाको व्यवस्था गरेको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot