Logo

भारतमा थप ३० हजार भन्दा बढीमा कोरोना संक्रमण



एजेन्सी, ५ फागुन। भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ७५७ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने ६७ हजार ५३८ जना निको भएका छन् । त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ५४१ जनाको संक्रमणबाट मृत्यु भएका छ । बुधबार संक्रमणबाट ५१४ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिले मुलुकमा ३ लाख ३२ हजार ९१८ सक्रिय सङ्क्रमित रहेका छन् । योसँगै हालसम्म देशभर कोरोना संक्रमितको संख्या ४ करोड २७ लाख नाघेको छ । जसमध्ये ४ करोड १९ हजार १० हजार ९८४ निको भएका छन् । यस्तै, मृत्युको संख्या ५ लाख १० हजार ४१३ जना पुगेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot