Logo

युक्रेनको सीमाबाट सैनिक फिर्ता गरेको रुसको दाबी गलत रहेको अमेरिकाको भनाई



एजेन्सी, ५ फागुन। युक्रेनको सीमाबाट रुसले आफ्नो सैनिक फिर्ता गरेको दाबी गलत रहेको अमेरिकाले बताएको छ । अमेरिकी अधिकारीले युक्रेनको सीमा क्षेत्रमा रुसी सैनिकको संख्यामा कमी नआएको स्पष्ट पारेका हुन् ।

उनले अहिले रुसले सैनिकको संख्या घटाएको दाबी गरे पनि यो दाबी झुटो भएको स्पष्ट पारेका हुन् । युक्रेनको सीमामा अझै पनि ७ हजार अतिरिक्त सैनिक परिचालन गरिएको अमेरिकी अधिकारीको दाबी छ ।

अमेरिकी अधिकारीले रुसले जुनसुकै समयमा युक्रेनमा आक्रमण गर्न सक्ने बताएका छन् । रुसले भने युक्रेनको सीमामा भइरहेको सैन्य अभ्यास पूरा भइसकेको र अब सैनिक फिर्ता गर्ने काम भइरहेको बताएको छ । पश्चिमा मुलुकले भने रुसको दाबीमा कुनै सत्यता नरहेको आरोप लगाउँदै आएका छन् । रुसले युक्रेनमाथि कुनै हमलाको योजना नबनाएको बताउदै आएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot