Logo

कलंकी नजीकै दुई वटा कुकर बम फेला



काठमाडौं, फागुन ६ । काठमाडौंको कलंकी नजीकै सडक पेटीमा २ वटा प्रेसर कुकर बम फेला परेका छन् । कलंकीस्थित ढुंगेअड्डामा झोलामा राखेको अवस्थामा बम भेटिएको हो । बम रहेको पत्ता लाग्ने वित्तिकै उक्त ठाउँलाई नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले घेरा हालेर सुरक्षित गरेको छ ।

बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय गरिरहेको छ । बम कसले राखेको हो भन्नेबारेमा भने खुलेको छैन । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा विभिन्न ठाउँमा आन्दोलन भइरहेका बेला राजधानीमा आतंक मच्चाउन बम राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot