Logo

अस्ट्रेलियाली राजदुत वोल्कले दिइन् नेपाली क्रिकेट टोलीलाई शुभकामना



काठमाडौं, १० फागुन । नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी वोल्कले आज हुने टी–२० विश्वकप छनोट अन्तर्गतको सेमिफाइनल खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमलाई शुभकामना दिदै नेपाली टिमलाई अस्ट्रेलियामा स्वागत गर्न उत्सुक रहेको बताएकी छिन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो शुभकामना दिएकी हुन् ।

उनले लेखेकी छिन्, ‘नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सेमिफाइनलमा पुगेकोमा बधाईं तथा आजको सेमिफाइनलको लागि शुभकामना रहेको छ । हामी नेपाली टोलीलाई अस्टे«लियामा स्वागत गर्न उत्सुक छौं ।’

आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनलमा आज नेपालले युएईको सामना गर्दैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot