Logo

हामीले यो गठबन्धन भत्काउनको लागि धुप हालेका छैनौं, गणेशलाई पूजा गर्न पनि गएका छैनौं : भट्टराई (भिडिओसहित)



काठमाडौं, १२ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले अहिलेको गठबन्धन सर्वथा असफल भएको बताएका छन् । यो गठबन्धनले अन्तर्राष्ट्रिय रुपमा बेईज्जत गरेको पनि उनको टिप्पणी छ । आज (बिहीबार) संसद् भवनमा मिडियासँग कुरा गर्दै नेता भट्टराईले यस्तो बताएका हुन् ।

उनले भने,‘यसले मुलुकको अन्तर्राष्ट्रिय छवि अत्यन्तै कमजोर भएको छ । यसको सम्पूर्ण जवाफदेहिता अहिलेको गठबन्धनले लिनुपर्छ, प्रधानमन्त्रीजीले लिनुपर्छ । र, हामीले भनेका छौं कि हामीसँग सम्झौता गर्ने हो भने ब्ल्याक एण्ड ह्वाईटमा सम्झौता गरौं, यो ब्ल्यांक चेक मागेर हामीले दिँदैनौं ।’

उनले आफ्नो पार्टी अहिले विपक्षमा रहेकोले एमसीसी पास वा फेल गर्ने दायित्व आफूहरुसँग नभएको सुनाए । उनले अहिले गठबन्धन भत्किन्छ वा भत्किँदैन भनेर नहेरेको पनि जिकिर गरे । उनले भने,‘गठबन्धन भत्काउनको लागि हामीले कुनै धुप हालेका छैनौं, गणेशलाई पूजा गर्न गएका छैनौं । भत्किएपनि उहाँहरुको कारणले भत्किन्छ, नभत्किने पनि उहाँहरुको कारणले नभत्किने हो ।’

भिडिओ : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot