Logo

‘ए’ डिभिजन लिगः मनाङलाई बराबरीमा रोक्दै आर्मीले लियो दोस्रो स्थान



काठमाडौं, १४ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले दोस्रो स्थान हासिल गरेको छ ।

आफ्नो अन्तिम खेलमा शनिबार मनाङ मर्स्याङ्दी क्लबसँग १–१ गोलको बराबरी खेल्दै आर्मीले दोस्रो स्थान बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ४५औं मिनेटमा कप्तान अन्जन विष्टले गोल गर्दै मनाङलाई सुरुवाति अग्रता दिलाएका थिए ।

तर, खेलको ७६औं मिनेटमा मनाङका डिफेन्डर फ्रान्कलिन कुएटाले आत्मघाती गोल गरेपछि आर्मीले १–१ गोलको बराबरी गरेको हो ।

यस बराबरीसँगै आर्मीले १३ खेलमा २३ अंक जोड्दै न्युरोड टिम एनआरटीसँग अंक बराबरी गर्दै हेड टु हेडमा अघि रह्यो । तस्विरः मुकुन्द कालीकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot