Logo

रुसी सेनाले मलाई पक्राउ गर्न खोजे तर विफल भए: युक्रेनका राष्ट्रपति जेलिन्स्किी



१५ फागुन: रुसले युक्रेनमा शनिबार पनि आक्रमण जारी राखेको बताइएको छ । शनिबार राति पनि स्थल सेनाले युक्रेनको राजधानी किभमा आक्रमण गरेका थिए । त्यसक्रममा आफूलाई पक्राउ गर्न खोजेको युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले बताएका छन् । उनले गएराति रुसको सेनाले आफूलाई पक्राउ गर्न खोजेको तर सफल नभएको बताएका हुन् ।

रुसले आक्रमण गरेको आज चौथो दिन रुसी सैनिकहरू युक्रेनको राजधानी किभ पुगेका छन् । राजधानी किभको उत्तरी भेगमा रुसी सेना पुगेको युक्रेनले जनाएको छ । त्यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रुसी सेनाका टयांकरहरु युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ ।

शुक्रबार नै किभ पुगेको रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किभमा परिचालन गरिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।युक्रेनले पूर्ण रुपमा सेना परिचालन गरेको बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले त्यहाँ आमरूपमा सेना परिचालनको आदेश दिएका छन् ।

त्यहाँ अतिरिक्त ड्युटीमा रहेका र जगेडामा रहेका सेनालाई काममा बोलाइएको छ । त्यसैगरी त्यहाँका युवा जनशक्तिले पनि रुसी सेनाका विरुद्धमा लड्नुपर्ने भएको छ । त्यहाँका १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने घोषणा गरिएको छ । उता रुसले आत्मसमर्पण गर्न युक्रेनी राष्ट्रपतिलाई भनेको छ । तर आफू आत्मसमर्पण गर्ने र देश छोडेर भाग्ने पक्षमा नरहेको उनको दाबी छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्