Logo

बेलायतपछि जर्मनी र फिनल्याण्डले पनि रुसी विमानलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश नदिने



एजेन्सी, १५ फागुन। बेलायतपछि जर्मनी र फिनल्याण्डले पनि रुसी विमानहरुलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश नदिने घोषणा गरेका छन् । रुसले युक्रेननिरन्तर आक्रमण गरिरहेको बेला जर्मनी र फिनल्याण्डले यस्तो निर्णय गरेका हुन्। हिजो (शनिबार) राति जर्मनीको संघीय यातायात एवं डिजिट पूर्वाधार मन्त्रालयले ‘रुसी विमानका लागि जर्मन आकाश बन्द गर्ने’ घोषणा गर्दै यसका लागि सबै तयारी गर्न निर्देशन दिएको हो ।

यसबाहेक, जर्मनीको लुफ्थान्सा वायु सेवा कम्पनीले रुसतर्फ हुने सबै निर्धारित उडान रद्द गरेको जनाएको छ । फिनल्याण्डका यातायात मन्त्री टिमो हाराकाले समेत रुसी विमानका लागि आफ्नो आकाश बन्द गरिने बताएका छन् । योसँगै रुसी विमान सेवामाथि प्रतिबन्ध लगाउने युरोपेली मुलुकको संख्या बढेको छ । यसअघि बेलायत, पोल्याण्ड, बुल्गेरिया र चेक रिपब्लिक लगायतका युरोपेली मुलुकले रुसी विमानका लागि उनीहरूको आकाश बन्द गरिसकेका छन् । रुसले उक्त जवाफमा ती मुलुकका विमानहरुलाई आफ्नो हवाई क्षेत्रमा समेत प्रतिबन्ध लगाइसकेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्