Logo

‘बी’ डिभिजन लिगः श्री कुमारी र नयाँ बस्ती बराबरीमा रोकिए



काठमाडौं, १९ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा श्री कुमारी क्लब र नयाँ बस्ती युथ क्लब बराबरीमा रोकिएका छन् ।

एन्फा कप्लेक्स सातदोबाटोमा भएको खेलमा श्री कुमारी र नयाँ बस्तीले २–२ गोलको बराबरीमा रोकिएका हुन् ।

खेलको २२औं मिनेटमा अबय धिमालले गोल गर्दै नयाँ बस्तीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, ४८औं मिनेटमा सृजन राज गौतमले गोल गर्दै श्री कुमारीलाई बराबरीमा ल्याए ।

६८औं मिनेटमा सुमन योज्ञाले गोल गर्दै नयाँ बस्तीलाई २–१ को अग्रता दिलाए ।

तर, खेलको ८७औं मिनेटमा नीर बहादुर आलेले गोल गर्दै श्री कुमारीलाई २–२ गोलको बराबरीमा ल्याउँदै टोलीलाई हारबाट जोगाए ।

यस बराबरीसँगै दुबै टोलीले एक÷एक अंक बाँढेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot