Logo

रुस-युक्रेन युद्धमा ‘भाडाका विदेशी सैनिक’ को प्रयोग



एजेन्सी, २८ फागुन । रुस र युक्रेनबीचको युद्धमा भाडाका विदेशी सैनिकको प्रयोग हुन थालेको छ । दुवै देशले लड्न चाहने स्वयंसेवी भनेपनि भाडाका सैनिक प्रयोग हुन थालेको हो ।

युक्रेनले यसअघि नै रुसविरुद्ध लड्न चाहने विदेशीलाई भर्ती गरिसकेको छ । जसमा एकजना नेपाली पनि देखिएका छन् । युक्रेनले अमेरिकी र यूरोपका कतिपय देशका नागरिकलाई लडाईंमा समावेश गरेको सार्वजनिक भइसकेको छ ।

रुसले पनि भाडाका विदेशी सैनिकलाई संलग्न गराउने प्रक्रिया थालेको छ । उसले सिरिया र अन्य देशहरुबाट स्वयंसेवी लडाकुका नाममा भाडाका सैनिक भित्राउन थालेको हो । यसका लागि आवेदन आइसकेको उल्लेख छ । रुसका रक्षामन्त्री सेरगेई सोइगुले युक्रेनविरुद्ध लड्न १६ हजारभन्दा बढी स्वयंसेवी आवेदन प्राप्त भएको जनाएका छन् । उनीहरुमध्ये अधिकांश मध्यपूर्वका रहेको र भर्ती गरिने जनाइएको छ ।

आवेदकहरुमध्ये धेरैजसो रुसी फौजले आतंकवादी संगठन आइएसविरुद्ध लड्दा सहभागी थिए । क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले सम्भावित भर्ती सिरियाबाट हुने बताएका छन् ।

रुस र युक्रेन दुवैले भाडाका विदेशी सैनिक भर्ती गर्न थालेपछि आर्थिक रुपमा विपन्न मुलुकमा असर पर्न सक्ने देखिएको छ । विपन्न मुलुकका युवाहरु राम्रो कमाई हुने आशामा रुस र युक्रेनबीचको युद्धमा लड्न पुग्न सक्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot