Logo

नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे परियोजना अनुगमन समितिको दोस्रो बैठक



काठमाडौं, ३० फागुन । हेटौंडामा भारत सरकारको सहयोगमा निर्माणाधिन नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न परियोजना अनुगमन समितिको दोस्रो बैठक काठमाडौंमा आज सम्पन्न भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह–सचिव कमल प्रसाद पोखरेल र भारतको विदेश मन्त्रालय अन्तर्गतको विकास साझेदारी प्रशासन महाशाखाका सह–सचिव सतीश सिवानले सो बैठकको सह–अध्यक्षता गरेका थिए ।

परियोजनाको समग्र कार्यान्वयन पक्ष र प्रगतिबारे बैठकमा समिक्षा भएको थियो । समितिले परियोजनाका ठेकेदार र परामर्शदातालाई समयमै परियोजना सम्पन्न गर्न निर्देशन दिएको जनाइएको छ ।

कोभिड महामारीका कारण परियोजनाले गति लिन नसकेको उल्लेख गर्दै दुवै पक्षले उक्त परियोजना महामारीले खडा गरेको चुनौति पार गरी अब निर्माणको अन्तिम चरणमा रहेको बतायो ।

बैठकमा नेपाली पक्षले नेपालको पूर्वाधार विकासका लागि गरेको निरन्तर सहयोग गरेको प्रति भारत सरकारलाई धन्यवाद दिएको बताइएको छ । भारत पक्षले पनि नेपाल सरकारसँगको फलदायी सहकार्य र नेपालको शिक्षा पूर्वाधारको विकासका लागि भएका संयुक्त प्रयास प्रति खुशी व्यक्त गरेको भारतीय दूतावासले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot