Logo

दक्षिण कोरियाको दाबी : उत्तर कोरियाद्वारा रकेट लन्चर प्रहार



एजेन्सी, सीउल, ६ चैत । उत्तर कोरियाले आइतबार रकेट लन्चरहरू प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ ।

‘आइतबार बिहान उत्तर कोरियाका धेरै रकेट लन्चरहरूबाट गोली प्रहार भएको आशंका गरिएको थियो,’ जोइन्ट चिफ अफ स्टाफले भनेको छ ।

आफ्नो सेनाले सम्बन्धित घटनाक्रमलाई नजिकबाट निहाल्दै रक्षा तयारी गरेको जनाएको छ ।

दक्षिण प्योन्गान प्रान्तको एक अज्ञात स्थानबाट बिहान ७ः२० देखि एक घण्टाको अवधिमा पश्चिमी जलक्षेत्रमा चारवटा गोली प्रहार भएको योनहाप समाचार एजेन्सीले जनाएको छ । लन्चर प्रहारको आसयबारे समीक्षा भइरहेको प्राप्त विवरणमा जनाइएको छ ।

उत्तरका शंकास्पद गतिविधिपछि दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बसेको थियो ।

दक्षिण कोरियाको राष्ट्रपतिको कार्यलय ब्लु हाउसका अनुसार बैठकले संक्रमणकालमा सुरक्षा शून्यतालाई रोक्नको लागि कडा तयारी गर्न आह्वान गरेको छ ।



प्रतिक्रिया दिनुहोस्