Logo

पल शाहविरुद्ध बलात्कार मुद्दा दायर, अभियोग पुष्टि भए १४ वर्षसम्मको जेल सजाय



काठमाडौं, ८ चैत्र । अभिनेता पल शाहविरुद्ध बलात्कारको मुद्दा दायर भएको छ । आज तनहुँ जिल्ला अदालतमा उनीविरुद्ध अभियोगपत्र दर्ता भएको हो ।

शाहविरुद्ध १६ वर्षीया किशोरीमाथि बलात्कारको उजूरी परेको थियो । किशोरीका आफन्तले प्रहरीलाई जाहेरी दिएपछि २४ दिन हिरासतमा राखी अनुसन्धान पश्चात् उनीविरुद्ध सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो ।

सरकारी वकिल कार्यालय तनहुँका अनुसार उनीविरुद्ध १४ वर्षसम्मको सजाय मागदाबी हुने कानूनलाई टेकेर मुद्दा दायर गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर दाबी गरिएको छ । जसमा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिला भए मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।

पल शाहविरुद्ध मुलुकी अपराध संहिता २०७५ को दफा २१९ को ३ को ग अनुसार सजाय माग गरिएको छ । यो माग अनुसार १४ देखि १४ वर्षसम्मकी किशोरीलाई बालिकामा उल्लेख गरी १२ देखि १४ वर्षसम्मको सजाय हुने उल्लेख छ । मुद्दा दायर गरे अनुसार पल शाहले हारेमा उनलाई १२ देखि १४ वर्षसम्मको सजाय हुनसक्छ ।

बलात्कारसम्बन्धी मुद्दामा अदालतमा सजाय घटाउन समेत मिल्दैन । शाहले मुद्दा हारेमा उनी तोकिएको पूरा अवधि जेल बस्नुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot