Logo

इस्लाम र आतंकवादलाई एउटै देखाउन खोजियो भन्दै इमरान खानले देखाए मुस्लिम देशलाई दोष



एजेन्सी, १० चैत्र । पाकिस्तानका राष्ट्रपति इमरान खान कडा अभिव्यक्तिले चर्चामा छन् । उनले यसै हप्ता भारतको कूटनीतिको खुलेर प्रशंशा गरेर चर्चामा आए ।

भारतले अमेरिकासँग सैन्य एलायन्स बनाएको र रुससँग सस्तोमा तेल किनेर आफ्ना जनतालाई जे राम्रो हुन्छ त्यही कूटनीति अपनाएको अभिव्यक्ति दिए । यसपटक भने उनले मुसलमान राष्ट्रहरुको आलोचना गरेका छन् ।

मुसलमान राष्ट्रहरुले इस्लामलाई आतंकवादीसँग जोड्ने देखि पर्याय नै बनाउने गतिविधिविरुद्ध केही नगरेको आरोप लगाए । विशेषगरी अमेरिकाको न्यूयोर्कको जुम्ल्याहा भवनमा सन् २००१ सेप्टेम्बर ११ मा आक्रमण भएपछि इस्लामलाई आतंकवादको पर्याय नै बनाउन खोजिएकोमा त्यस्तो व्याख्यालाई गलत सावित गर्न ठोस कदम नचालेको बताए ।

इस्लामावादमा इस्लामिक कोअपरेशनको बैठकमा खानले आस्थाको आतंकवादसँग कुनै सम्बन्ध नरहेको बताए । उनले पश्चिमा दुनियाँले इस्लामलाई आतंकवादसँग जोडेपछि कसरी मध्यमार्गी र उग्र मुस्लिमबारे फरक छुट्याउँछन् भनी प्रश्न पनि गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot