Logo

रुबल बलियो बनाउन रुसको यस्तो रणनीति



एजेन्सी, १० चैत्र । युक्रेनमाथि रुसी हमलापछि अमेरिकासहित पश्चिमा देशहरुले कडा प्रतिबन्धहरु लगाउन थाले । आर्थिक नाकाबन्दीका कारण रुसको मुद्रा रुबल कमजोर बन्न पुग्यो । रुबल डलरको तुलनामा इतिहासमै कमजोर बनेपछि रुसले पनि नयाँ रणनीति चालेको छ ।

रुसले यूरोपका कतिपय देशहरुमा पठाउने गरेको ग्याँसको विक्रीवापत्को रकम रुबलमै तिर्नुपर्ने जानकारी खरिदकर्तालाई गरेको छ । उसले खरिदकर्ता देशहरुले चाहे पनि नचाहेपनि रुबलमा तिर्नुपर्ने भनेको छ ।

रुसले बल्गेरियालाई समेत रुबलमै रकम तिर्न भनेको छ । उसको यो कदमसँगै रुसी मुद्रा बलियो स्थितिमा उक्लन थालेको छ । एकै दिनमा साँढे ३ प्रतिशत बलियो अवस्थामा उक्लिएको छ ।

रुसबाट खरिद गर्दै आएको ग्याँसमा बेलायतले प्रतिबन्ध लगाएको छ । तर, उसको बजारमा ग्याँसको मूल्य महङ्गिएको छ । जर्मनीलगायत यूरोपका देशहरुले रुसी ग्याँस प्रतिबन्धलाई अस्वीकार गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot