Logo

ओली ‘ज्ञानेन्द्र निवासमा सुटुक्क जानेगरेको’ माधव नेपालको दाबी



काठमाडौं, ११ चैत्र । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पूर्वराजा ज्ञानेन्द्र शाहसँग साँठगाँठको आरोप लगाएका छन् । आज काठमाडौंको चावहिलमा पार्टीको महिला भेलालाई सम्बोधन गर्दै सुटुक्क ज्ञानेन्द्रलाई भेट्ने गरेको दाबी समेत गरेका हुन् ।

ओलीले आउँदो चुनावमा राजावादीसँग साँठगाँठ गर्ने ठोकुवा गरे । उनले ओलीबारे भने,‘सुटुक्क ज्ञानेन्द्र निवास पुग्ने गरेका छन् । राप्रपासँग साँठगाँठ गर्न खोजेका छन् । विदेशीहरुको दलाली गर्ने पार्टीसँग तालमेल मिलाउन खोजिरहेका छन् ।’

ओलीलाई दक्षिणपन्थीको आरोप लगाउँदै उनको त्यही शक्तिसँग साँठगाँठ हुने समेत टिप्पणी गरे । एमालेले चुनावमा अवस्था हेरेर विभिन्न शक्तिसँग तालमेल गर्ने रणनीति सार्वजनिक गरेलगत्तै माधव नेपालको भनाई आएको हो । उनले सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने समेत बताए ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot