Logo

अफ्रिकामा चीनले धमाधम थाल्यो सैन्य आधार स्थापना



एजेन्सी, ११ चैत्र । चीनले अफ्रिकामा आक्रामक उपस्थिति बढाउन थालेको छ । उसले अफ्रिकी मुलुकहरुमा सैन्य आधारहरु स्थापना गर्न थालेको छ ।

चीनले इक्वेटरियल गिनीमा सैन्य आधार निर्माणको योजना बनाएको छ । यो उसको अफ्रिकामा दोस्रो सैन्य आधारशिविर हुनेछ । चीनले जिबुटीमा सैन्य आधार निर्माण गरिसकेको छ । उक्त सैन्य आधार चीनको उत्तर अमेरिका र यूरोपलाई चुनौती दिने उद्देश्यले निर्माण हुन लागेको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।

इक्वेटरियल गिनीमा चीनको कुल ऋण कुल ग्राहस्थ उत्पादनको झण्डै ५० प्रतिशत पुगिसकेको छ । अफ्रिकामा चीनका १० हजार उद्दोगीव्यवसायी सक्रिय छन् । उनीहरुले वार्षिक १८० अर्ब डलरको कारोबार गर्दछन् ।

चीनले अफ्रिकाका समुन्द्री तट नजिकका क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा पनि प्रभाव बढाउँदै लगेका छन् । उसले अफ्रिकाका देशहरुमा युद्धपोत जहाजहरु समेतको उपस्थिति बढाउन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot