Logo

चिनिया विदेशमन्त्री वाङ यीको अचानको भारत यात्राको भू-राजनीतिक पराकम्पन



विपिन देव: भारतका छापाखानाहरू चीन र भारत सम्वन्धलाई विशेष महत्व दिने गर्दछन् । हरेक उच्च स्तरीय भ्रमणलाई शङ्काको चश्माले विश्लेषण र व्याख्या गर्ने पुरानो परिपाटी चल्दै आएको छ । इतिहासको मोडमा एक पटक धोका पाए पछि त्यसको प्रभावलाई न्यूनीकरण गर्न गाह्रो नै हुने गर्दछ । सन् १९६२ को युद्ध पश्चात् भारत चीन सम्वन्ध हालसम्म पनि मित्रता र आपसी सदभावको गाठोमा वाधिएको छैन । भारत र चीन सम्वन्धलाई वलियो बनाउ‘न माओदेखि नेहरुसम्म, देङ्गदेखि राजीव गान्धीसम्म र मोदीदेखि सीसम्म प्रयास गरे तापनि चीन र भारत विच सम्वन्ध सहज हुन सकेको छैन । यसका विभिन्न आयामहरू छन् । पश्चिममा कूटनीतिक भाष्यले चीनको महत्वांकाक्षालाई आरोपित गरेको छ भने पूर्वीय कूटनीतिक र सामरिक जानकारहरू चीन र भारतका पृथक सम्वाद शैलीलाई जिम्मेवार बनाएका छन् ।

सन् २०१७ मा लगभग ७० दिनको सैनिक तनाव र टकरावको वावजुद चीन र भारतले डोकलमको विवादलाई मत्थर पार्दै व्रिक्स सम्मेलन आयोजना गर्न सफल भएका थिए वर्तमान परिवेश पनि इतिहासको चक्रले गर्दा चीन फेरि व्रिकस सम्मेलनको आयोजक चीन भएको छ । दोकलाम जस्तै भारत र चीनका सैनिकहरू हतियार भिर्दै आँखामा आँखा जुधाउ‘दै लदाकको ग्लवान घाँटीमा आमने-सामने छन् । यही परिवेशमा चीनका विदेशमन्त्री वाङ यीले २४ मार्चका अचानक भारत यात्रा गरे । यो यात्रा बडो रहस्यमय र कूटनीतिक दृष्टिकोणले महत्वपूर्ण बन्यो । यात्राको स्वरुप र प्रारुपका वारेमा चिनियाँ र भारतीय सञ्चार माध्यमको मौनता नै देखिन्थ्यो भने भारत र चीन सरकारका अधिकारीहरूले यो उच्च स्तरीय वार्ताको वारेमा केही पुष्टि र जानकारी दिन असमर्थता देखाएको अवस्था थियो । वाङको भारत यात्रालाई आलोकित गर्न वाङको पाकिस्तान र अफगानिस्तानको यात्रालाई पनि विश्लेषण गर्न उपयुक्त देखिन्छ ।

भारत आउ‘नु भन्दा ठिक दुई दिन पहिले वाङले पाकिस्तननमा आयोजना भएको वो.आई.सि. (इस्लामिक देशहरूको संगठन) सम्मेलनलाई परिवेक्षकको रुपमा सम्वोधित गरेका थिए । चीनमा भइरहेको भिगर मुसलमानहरूको ज्यादती प्रति विश्वका महत्वपूर्ण छापाखानाहरूले ध्यान आकृष्ट गराएको अवस्थामा वाङले पाकिस्तानमा प्यालेस्टान र काश्मिरको मुद्दालाई उठान गरेको छ । वाङको उक्त अवधारणाप्रति भारत सरकारले घोर आपत्ति र खेद प्रकट गरेका छन् । वास्तवमा भारतको भ्रमणको पूर्वसन्ध्यामा भारतको विरोधमा टिप्पणी गर्नुको पछाडि चिनियाँ कूटनीतिको समीक्षा विभिन्न कोणवाट भइरहेको छ । सौम्य र गम्भीर अभिव्यक्तिमा खप्पिस रहेका चीनिया कूटनीतिज्ञहरू उत्तेजनात्मक अभिव्यक्ति दिने गरेको कम पाइन्छ । वाङले इस्लामिक जगतको स्वभाव र दृष्टिकोणलाई राम्ररी बुझेका छन् । कट्टरपन्थी र धार्मिक चरमपन्थीको भावनालाई क्षनिक रुपमा सम्वोधन गर्न वाङले काश्मिरको मुद्दा उठाएको विश्लेषण एकातर्पm छ भने अर्को कूटनीति कमजोर कडीमा हान्ने अस्त्र पनि हो । चिनलाई दबाबमा राख्न पश्चिमा शक्तिहरू सिंज्याङ्गा र तिब्वतको मुद्दा उठाउने गरेको छ भने चीनले त्यही अनुरुप काश्मिरको मुद्दा उठाएको छ । हुनतः वाङको अभिव्यक्ति भारत चीनको सम्झौताको कसीमा देखिएको छैन । भारत र चीनबीच भएको सम्झौता अनुरुप चीनले काश्मिरलाई भारतको अभिन्न अङ्गको रुपमा स्वीकार गरेका छन् भने भारतले पनि तिव्वत चीनको अभिन्न हो भन्ने स्वीकार गरेको छ । भारतलाई दवावमा राख्न वाङले काश्मिर सम्वन्धी मुद्दा उठाएको कुरामा भारतका पूर्व राजदुत गौतम वम्वाले सहमत देखिएका छन् ।

वाङले भारतमा आप्mना समकक्षीय डा. जयशंकरसंग तीन घन्टे वार्ता गरेका छन् । वार्तामा केही गम्भीर मुद्दाहरूमा दुई देशहरूले आफ्नो दुष्टिकोण राखेका छन् । सीमा विवादमा भारत र चीनको दृष्टिकोण फरक देखिन्छ । चीनले सीमा सम्बन्धी विवादलाई थाती राख्न आग्रह गरेका छन् भने द्विपक्षीय व्यापारमा जोड दिएका छन् । विगतका दिनमा भारतमा चीनको निवेश सत्तरी प्रतिशतले तल खस्केको छ भने अरु देशहरूको निवेश भारतमा वढेको देखिन्छ । भारतले यो वर्ष निर्यातमा ४०० विलियन डलरको महत्वांकाक्षा हासिल गरेको छ । चीनको अमेरीकासंगको वढ्दो कटूता र यूरोपसंग चिसिएको सम्वन्धले गर्दा चिनियाँ बजारको अवस्था कमजोर हुने अर्थविदहरूको बुझाइ रहेको छ । यही परिवेशमा वाङले व्यापारिक सम्वन्धलाई सुदृढ बनाउ‘न आप्mना समकक्षीलाई आग्रह गरेका छन् । तर डा. जयशंकरले सीमाको तनावलाई शिथिलीकरण गर्न चिनियाँ नेता वाङलाई आग्रह गरेका छन् । युक्रेनको मुद्दा चीन र भारत तटस्थता देखाएको छ । चीनको तटस्थताका आयम भारत भन्दा पृथक छ । चीनले ट्रान्स एटलान्टिक (युरोप र अमेरिका) क्षेत्रमा रुसलाई सहयोग गरेर अमेरिका प्रभावमा रहेका नेटोलाई कमजोर गर्न रणनीति लिएको छ । साथ साथै चीनिया कूटनीति धमिलो पानीमा माछा र्मान महारथ हासिल गरेको देखिन्छ । सन् २००८ को यूरोपको आर्थिक मन्दीको सर्वाधिक फाइदा लिने देश चीन नै थियो ।

वर्तमान अवस्थामा युक्रेनको युद्धको कारण रसियाको अर्थतन्त्र कमजोर हुने कुरा जगजाहेर छ । रसियाको निर्यात र वित्तिय व्यवस्था सङ्कटको अवस्थामा रहेकोलले गर्दा त्यसवाट प्रचूर लाभ लिदै इन्धन, उर्जा र हतियार सुलभ र सस्तो दरमा किन्ने चीनको रणनीति रहेको छ । तर भारतको तटस्थताका कारण भारतको भू(राजनीतिक अवस्था र विगतको इतिहास रहेको छ । युक्रेन जस्तै अवस्था सत्तरीको दशकमा वङ्गलादेशको थियो । चीन र अमेरिका जस्ता शक्तिहरूले पाकिस्तान सैनिकले गरेको वंगलादेशी मुश्लिममाथि गरेको ज्यादतिप्रति सर्मथन देखाएको थियो । मानव अधिकार र प्रजातन्त्रको भाष्य अमेरिका र यूरोपले विस्मृतिमा राखेका थिए । इतिहासको जटिल मोड भारत इन्दिरा गान्धीको कुशल नेतृत्वमा र तत्कालीन सोभियत रुसको सर्मथनमा स्वतन्त्रत वङगलादेशको अस्तित्वलाई स्थापित गर्न सफल भयो । अर्थात् भारतले रसिया र इजरायलको मित्रतालाई निरेपेक्ष रुपमा ग्रहण गर्दछ । यही पृष्टभूमिमा रसियाको मुद्दामा चीन र भारतको निकटताको कारण “रिक”लाई बलियो पार्न चीनिया नेता वाङको आग्रह रहेको छ । रिक भन्नाले रसिया, भारत र चीनको त्रिपक्षीय मञ्च हो । वाङको भारत भ्रमणको अर्को उद्देश्य पश्चिमा जगतलाई चीनको सक्रियता र दक्षिण एसियामा रहेको सक्रियतालाई जनाउनु पनि थियो ।

भारत यात्राको साथ साथै पाकिस्तान वङगलामदेश, अफगानिस्तान र नेपालमा यात्रा गरेर वाङ्गले चीनिया सक्रियताको वारेमा संकेत गरेका छन् । तर पाकिस्तान चीनिया ऋणको कारणले आर्थिक रुपमा जीर्ण अवस्थामा हुनु, श्रीलङ्का चीनिया लगानीको कारणले डेब्ट ट्रयापमा हुनु, नेपालले एम.सी.सी.स्वीकार गर्नु जस्ता परिघटनाले चीनको कमजोर कूटनीतिको अवस्थालाई उजागर गर्दछ । जेभए पनि वाङ्ग र जयशंकरको वार्ताले दुई वर्षको अन्र्तराल पछि वार्ता र विर्मशको कूटनीतिलाई टेवा दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्