Logo

नेपालले पीएनजीलाई दियो एक सय ८४ रनको चुनौती



काठमाडौं, १४ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)लाई १८४ रनको चुनौती दिएको छ ।

क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा पीएनजीले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिएको थियो ।

नेपालले निर्धारित २० ओभरमा ९ विकेटको नोक्सानीमा १८३ रन बनाएको हो ।

नेपालका लागि आसिफ सेखले सर्वाधिक ४३ रनको योगदान दिए ।

यस्तै, रोहितले २६ बलमा ३४ रन जोडे भने कुशल भुर्तेल ११ बलमा २० रन बनाउदै रनआउट हुन पुगे । यस्तै, आरिफ सेखले ३१ रन जोडे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot