Logo

रवीन्द्र मिश्रलाई स्पष्टीकरण सोध्ने निर्णय



काठमाडौं, १४ चैत्र । विवेकशील साझा पार्टीको असन्तुष्ट पक्षले पार्टी अध्यक्ष रवीन्द्र मिश्रसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । मिश्रले एकलौटी रुपमा पार्टी चलाएको भन्दै असन्तुष्टी राख्दै आएका पक्षको सोमबार बसेको बैठकले निष्कासन किन नगर्ने भनेर ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको जनाइएको छ ।

मिश्रले पार्टीको हित विपरित काम गरेकाले स्पष्टीकरण सोधिने जेष्ठ सदस्य भीम अधिकारीको नेतृत्वको बैठकले निर्णय गरेको हो । अध्यक्ष मिश्रले आइतबार मात्रै केन्द्रीय समिति बैठकमा प्रदेश संयोजकहरु तोक्दै २६ जना केन्द्रीय सदस्यलाई निष्कासन गर्ने निर्णय गरेका थिए ।

साथै अन्य पार्टीसँग एकीकरणको प्रयास थाल्नु पार्टीको हित विपरित भएको असन्तुष्ट पक्षको ठहर छ । आजको बैठकमा भौतिक र भर्चुअल गरी ९० भन्दा बढीको सहभागी रहेको दाबी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot