Logo

खुल्यो बलेफी हाइड्रोपावरको आइपिओ



काठमाडौं, चैत १६। बलेफी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि १८ लाख २७ हजार कित्ता आइपिओ बिक्री खुला गरेको छ।

कम्पनीले कुल १८ लाख २७ हजार ९ सय ७० कित्ता आइपिओ मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीका लागि, ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामूहिक लगानी कोषहरूको लागि छुट्याएर बाँकी रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ता आइपिओ सर्वसाधारणमा जारी गरेको छ।

इच्छुक लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन्। आवेदन भने चैत १६ गतेदेखि चैत्र २१ गतेसम्म दिन सकिने छ। आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot