Logo

शाओमी १२ प्रो नेपाली बजारमा, मुल्य १ लाख १४ हजार



काठमाडौँ, चैत्र १७ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्याग्शिप सिरिज शाओमी १२ अन्तर्गत शाओमी १२ प्रो को लन्च गरेको छ ।

प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफि र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्धेश्यले अत्याधुनिक AI एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यो फोन बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमित पंडाले भने,“नयाँ–नयाँ प्रविधी र नयाँँ–नयाँँ फिचर भएको फोन लिन चाहने उपभोक्ताको लागि हामी सँधै टप नच टेक्नोलोजी इनोभेसन, सुप्रिम पर्फर्मेन्स र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइसहरु ल्याउन केन्द्रित छौँ । यसै सिलसिलालाई निरन्तरता दिँदै हामीले हाम्रो फ्ल्यागशिप शाओमी १२ प्रो लन्च गरेका छौँ, आशा छ यहाँँहरुले यसलाई मन पराइदिनुहुनेछ ।”

उनले थप भने, “शाओमी १२ प्रो को ५० MP मेन वाइड एङलको सुपेरियर ट्रिपल क्यामरा र Snapdragon™ जेन १ प्रोसेसरले एकदमै उत्कृष्ट फ्ल्यागशिप अनुभव प्रदान गर्छ । यसमा डिस्प्लेमेटले A± रेटिङ गरेको एमोलेड डट डिस्प्ले छ जसले ट्रु कलर सपोर्ट गर्छ र भिडियो स्पष्टसँग हेर्न मिल्छ । साथै यसमा स्क्य्राच रेसिस्टान्ट कर्निङ गोरिल्ला ग्लास भिक्टस राखिएको हुँदा स्क्रिन कोरिने चिन्ता हुँदैन ।”

सिनेम्याटिक शट एनि टाइम
शाओमी १२ प्रोबाट जस्तोसुकै अवस्थामा पनि स्टुडियोमै खिचेको जस्तै फोटो खिच्न सकिन्छ, चाहे उज्यालो नपुगेको ठाउँ होस् या चलायमान कुनै दृष्य होस् । डप् सम्मको भिडियोहरु रेकर्ड गर्न सक्ने 50 MP वाइड एंगल मुख्य क्यामरा सहितको प्रो ग्रेड ट्रिपल क्यामेराले 50 MP को मुख्य वाइड एंगल क्यामराले यसलाई आकर्षक लुक दिनुको साथै तस्बिरहरु पनि अत्यन्त राम्रो रेजोलुसनको लिन्छ । यसमा भएको सोनीको अल्ट्रा लार्ज IMX707 मेन सेन्सरले सबै तिरबाट उज्यालो तान्दै फास्टर फोकस स्पिड र इम्प्रुभ्ड कलर एक्युरेसीको साथ झन राम्रो तस्बिर लिन सक्छ ।

राम्रोसँग काम गर्ने हार्डवेयर बाहेक यो फोनमा अत्याधुनिक AI अल्गोरिदम पनि छ । यसमा भएको प्रो फोकसले गतिशील अथवा फोकस बाहिरको वस्तुहरु पनि ट्रेस गर्छ जसले गर्दा फोटो ब्लर आउने अथवा फोकस नहुने समस्या हुँदैन । साथै यसको फेस अटो फोकस र आइ अटो फोकस पनि पहिलाको मोडलहरु भन्दा अझै सुधारिएको छ । यसमा भएको अल्ट्रा नाइट भिडियो फिचरले रातिको अध्याँरोमा पनि राम्रोसँग भिडियो रेकर्ड गर्न सक्छ । यसको साथै यसमा भएको वान क्लिक सिनेमा फिचरमा प्यारालल वल्र्ड, फ्रिज फ्रेम भिडियो, म्याजिक जुम मोड जस्ता थुप्रै विकल्पहरु छन् जसले उत्कृष्ट भिडियो एडिट गर्न सक्ने सामथ्र्य राख्छन् ।

फ्ल्यागशिप प्रोसेसिङ, अद्वित्तिय पर्फर्मेन्स र पावर एफिसियन्सी
फ्ल्यागशिप फोनको अनुभव लिन फ्ल्यागशिप पर्फर्मेन्स चाहिन्छ। Xiaomi 12 Pro मा अत्याधुनिक Qualcomm® Snapdragon™ मोबाइल प्लेटफर्म र Snapdragon® 8 Gen 1 प्रोसेसर छ – जुन GPU को सबैभन्दा लेटेस्ट मोबाइल प्लेटफर्म हो ।

यसमा भएको 4nm को प्रोसेसरले GPU ग्राफिक रेन्डरिङ क्षमतालाई ३०% सम्म बढाउनुको साथै यो भन्दा पहिलाको फोनको तुलनामा यसमा २५% बढी ब्याट्रि टिक्छ । साथै यसमा UFS ३.१ स्टोरेज भएकोले एप लोडिङ र डेटा ट्रान्स्फरको स्पिड एकदमै चाँडो हुन्छ । यसमा 6,400 Mbps LPDDR5 RAM रहेको छ जसले उत्कृष्ट मेमोरी स्पीड प्रदान गर्छ । सुपर लार्ज भेपर च्याम्बर र ग्राफाइटको थुप्रै लेयर भएको हाइ पर्फमिङ कुलिङ सिस्टमले फोन फोन तातिने समस्या धेरै हुँदैन ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot