Logo

काँग्रेसले ‘भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाएको’ ओलीको आरोप



काठमाडौं, १८ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले विगतमा भारतीय सेना भित्राएको आरोप लगाएका छन् । आज अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले काँग्रेसले देशभक्तहरुको टाउको कटाउने गरी भारतीय सेना भित्राएको आरोप लगाएका हुन् ।

‘काँग्रेसले भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाएको थियो,’ ओलीले भने, यो सब नेपाली काँग्रेसले गराएको थियो । भीमदत्त पन्तलगायत सहिदहरुको हत्या गराउन काँग्रेसले भूमिका खेलेको उनको आरोप थियो ।

सम्बोधनका क्रममा काँग्रेसविरुद्ध आक्रामक बनेका ओलीले राष्ट्रियता विरोधी र लोकतन्त्र विरोधी शक्तिसँग एकता गर्ने गरेको तर्क गरे । उनले भने,‘काँग्रेसको जात नै त्यस्तै हो । राष्ट्रियता विराधेी र लोकतन्त्र विरोधी शक्तिसँग एकता गर्छ, शत्रुसँग घाँटी जोड्छ ।’-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot