Logo

घट्यो सुनको मूल्य



काठमाडौं, २० चैत । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यसअघि, शुक्रबार सुन तोलाको ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य तोलाको ९८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर रहको छ ।

शुक्रबार १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot