Logo

थप १३ जनामा कोरोना संक्रमण, ५७ जना संक्रमण मुक्त



काठमाडौं, २३ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३५८ जनाको पीसीआर परीक्षण गर्दा १० जना र १ हजार ४४९ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जना गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस अवधिमा कोरोना संक्रमणका कारण मृतकको संख्या भने सुन्य रहेको छ ।

यस अवधिमा ५७ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ७६५ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot