Logo

नेपाली कांग्रेसको बहुमतको सरकार बनेपछि अर्थतन्त्र ट्रयाकमा आउँछः मोहनबहादुर बस्नेत



काठमाडौं, २४ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आफ्नो पार्टीको बहुमतको सरकार बनेपछि अर्थतन्त्रलाई ट्रयाकमा आउने ठोकुवा गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “अर्थतन्त्र अहिले जटिल मोडमा पुगेको छ । प्रधानमन्त्रीले अर्थमन्त्रीलाई राम्रोसँग काम गर्न निर्देशन दिएको छ । संयुक्त सरकार भएकाले नेपाली कांग्रेसले चाहेर पनि गर्न सकिने स्थिति छैन । आगामी मंसिरसम्म संयुक्त सरकार रहन्छ । नेपाली कांग्रेसको बहुमतको सरकार बनेमा विदेशी सहयोग आउँछ र अर्थतन्त्र ट्याकमा आउँछ । कांग्रेस प्रभावकारी पोलिसी बनाएर अघि बढ्छ ।”
अर्थतन्त्रकै सुधारका लागि आफू तातोपानी नाका पूर्ण रुपमा खोल्न लागिपरेको पनि उनले बताए । बस्नेतले थपे, “सरकारले तातोेपानी नाका खोल्ने प्रयास नगरेको होइन । जुन ढंगले नाका खोल्नुपर्ने हो, त्यति खुलेको छैन । मैले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग पहल गरेर रासायनिक मल ल्याउने पहल गरेँ । चिनियाँ विदेश मन्त्री वाङ यीसँग पनि नाका पूर्ण रुपमा खोल्ने कुरा भएका हुन् । चीन लचिलो भएको छ तर उल्लेखनीय रुपमा खुलेको अवस्था छैन । जनताले त्यसको लाभ पाएका छैनन् । मेरातर्फबाट निरन्तर पहल भइरहेकै छ ।”
गठबन्धन दलहरुबीच वडासम्म तालमेल गर्ने पहल भए पनि निष्कर्षमा नपुगेको कांग्रेस नेता बस्नेतले जानकारी दिए । उनले भने, “नेपाली कांग्रेसको केन्द्रीय समितिले गठबन्धनको पहल गर्न स्थानीय तहलाई नै निर्णय गर्ने अधिकार दिएको छ । कतिपय स्थानमा आफैँमात्र लड्ने भन्ने कुरा छ । कहीँ तालमेल भन्ने कुरा आएको छ । हाममी अहिले नै यसै भन्न सक्दैनौं । हामी माओवादी केन्द्र र एकीकृत समाजवादीसँग पनि सरसल्लाह गरिरहेका छौं । तर निष्कर्षमा पुगेका छैनौं ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot