Logo

बढी आयोडिनयुक्त नुनका कारण थाइराइडको समस्या



डा. अरुणा उप्रेतीः आयोडिनको मात्रा कमी हुँदा पनि थाइराइड रोग धेरै देखिन्छ । आयोडिनको मात्रा बढी भयो भने पनि यो रोग धेरै देखिने सम्भावना रहन्छ । नेपालमा पनि आयोडिनको मात्रा बढी भइसकेको र यसले क्रमिक रुपमा मानव स्वास्थयमा गम्भीर असर पार्न थालेको बताए ।

नेपालमा पहिलाको यातायातको आवतजावत र देशका कुनाकुनामा पुग्ने सवारी साधनको समयसीमाको आधारमा बढी आयोडिन राखेर पठाइएको भएपनि अहिले भने समयमै सवारीसाधनहरु पुग्ने भएकोले आयोडिनको मात्रा कम गरेर लैजानु पर्ने छ ।

नेपालमा थाइराइड बढ्नुको एउटा महत्वपूर्ण कारण हामीले दैनिक खाने नूनमा आयोडिनको मात्रा चाहिनेभन्दा बढी हुनु पनि हो । पहिला आयोडिनको कमीले गलगाँडको समस्या धेरै देखिएकाले नूनमा आयोडिन मिसाउन थालियो । हाल गलगाँडको समस्या घटेको पाइए पनि आयोडिनको मात्रा बढी भएकोले यसका कारण हुने हर्मोनसम्बन्धी रोगचाहिँ बढेको देखिएको छ ।सेन्थेटिक एवं प्लास्टिकमा प्रयोग भएका रसायनहरुले हर्मोनसम्बन्धी रोग निम्त्याउँछ । त्यसकारणले प्लास्टिकको भाँडोमा चिया आदि तातो वस्तु राखेर खानुहुँदैन, प्लास्टिकका सामान छोएपछि राम्ररी हात धोएर खाने गर्नुपर्छ भनिएको हो । साथै रासायनिक मल र विषादीमा प्रयोग भएका केमिकलहरु पनि थाइराइड रोग वृद्धिका कारण हुन् । यसले थाइराइड मात्र नभई अरु हर्मोनसम्बन्धी रोगहरु पनि बढाएको पाइएको छ ।-डा. अरुणा उप्रेतीको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot