Logo

गभर्नर निलम्बन प्रकरणमा ओलीको आक्रोश– धान खाने मुसो, चोट पाउने भ्यागुतो भयो



काठमाडौं, २६ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने सरकारको निर्णयप्रति एमाले अध्यक्ष केपी शर्मा ओली आक्रामक देखिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोमा आपत्ति प्रकट गरेका हुन् ।

देशको अर्थतन्त्र ओरालो लागिरहेको बेलामा सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाएको भन्दै उनले आक्रोश पोखे ।

अर्थतन्त्र बारे छानविन गर्न सरकारले माओवादी केन्द्र निकट न्यायाधीशको नेतृत्वमा समिति बनाएको आरोप लगाए।

साथै, उनले अर्थमन्त्री जनार्दन शर्मामाथि व्याङ्ग्य गर्दै धान खाने मुसो, चोट पाउने भ्यागुतो भएको टिप्पणी गरे ।

गभर्नर अधिकारीलाई ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot