Logo

रुस प्रतिबन्धित देशहरुको सूचीमा पहिलो (कुन देशको स्थान कति सूचीसहित)



एजेन्सी, २६ चैत्र । रुस सबैभन्दा प्रतिबन्धित देशहरुको सूचीमा पहिलो नम्बरमा परेको छ । रुसमाथि ६ हजारभन्दा बढी विश्वव्यापी प्रतिबन्धहरु छ । यो इरान, भेनेजुएला, म्यानमा र क्युबासमेतमाथि लगाइएको प्रतिबन्धहरु जोड्दा पनि बढी हो ।

रुसले युक्रेनमाथि हमला गरेपछि प्रतिबन्धहरु लागेका हुन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उनका परिवार, मन्त्रिमण्डलका सदस्य, सैनिक अधिकारी देखि ठूला व्यापारीहरुमाथि पनि प्रतिबन्ध लगाइएको छ । अझ बढी प्रतिबन्धहरु लगाइने अमेरिका र यूरोपेली युनीयनले जनाएको छ ।

सबैभन्दा बढी प्रतिबन्ध लागेका देशहरु
१. रुस
२. इरान
३. सिरिया
४. उत्तर कोरिया
५. भेनेजुएला
६. म्यानमार
७. क्युबा



प्रतिक्रिया दिनुहोस्

Screenshot