Logo

आलोचना भएपछि चुनावी प्रचार सामाग्रीबाट प्रचण्डले हटाए कुलमानको फोटो



काठमाडौं, ३० चैत्र । नेकपा (माओवादी केन्द्र) ले चुनावी प्रचार सामाग्रीमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्विर प्रयोग गरेको थियो । तर, सामाजिक सञ्जालमा माओवादी र यसका अध्यक्ष पुष्पकमल दाहालको चर्को आलोचना भएपछि घिसिङको फोटो हटाईएको छ ।

घिसिङले नै आफूले उक्त तस्विर नराख्ने भनेको भएपनि राखिएको भन्दै गुनासो पोखेका थिए । अध्यक्ष प्रचण्डको फेशबुक पेजबाट अहिले घिसिङको फोटोसहितको प्रचार सामाग्री हटाईएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुले चुनावी प्रचारलाई तिव्रता दिएका छन् । माओवादीले भने प्रचण्ड, कुलमान र जनार्दन शर्माको तस्विर राखेर मुलुकलाई अँध्यारोबाट उज्यालोतर्फ डोर्याएको भन्दै प्रचार गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot