Logo

खाद्यान्न संकटले अफगानी बालबालिकामा कुपोषण



एजेन्सी, ३० चैत्र । अफगानिस्तानका बालबालिकामा कुपोषणको समस्या देखिन थालेको छ । इस्लामिक अतिवादी तालिवानले सत्ता हातमा लिएपछि त्यहाँ खाद्य संकटसँगै कुपोषण बढेको हो ।

बडगिस प्रान्तमा मात्र ५० प्रतिशतले कुपोषण बढेको छ । टोलो नामको मिडियाले बागडिस स्वास्थ्य विभागको प्रमुख अब्दुल रउफ साबेरीको भनाई उदृत गर्दै कुपोषण निकै बढेको जनाएका छन् । त्यहाँ २ हजार कुपोषण भएका बालबालिका अस्पताल लगिएको तथ्यांक छ ।

अस्पतालमा पुगेकाहरुले खानेकुरा नभएको र औषधी पनि नपाएको गुनासो गरेका छन् । हजारौं बालबालिका कुपोषणले धमाधम अस्पतालमा लान थालिएको खबरहरु आएपछि सँसारको ध्यानाकर्षण हुन थालेको छ ।

अफगानिस्तानमा खानेकुरा खुवाउन नसकेपछि बाबुआमाले आफ्नै छोरोछोरी बेच्न थालेका छन् । त्यहाँको स्थिति भयावह बनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot