Logo

ओलीको गठबन्धनमा कमल थापा र एकनाथ ढकाल



काठमाडौं, ३० चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी तालमेल गर्न थालेका छन् । कम्युनिस्ट पार्टीका नेता ओलीले हिन्दू राष्ट्रको मुद्दा उठाउँदै आएका कमल थापासँग तालमेल गरेका छन् ।

थापा विगतमा राजसंस्था पुनःस्थापनको पक्षमा थिए । राप्रपामा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि उनले राप्रपा नेपालको नेतृत्व लिएका छन् । थापा ओलीसँग तालमेल गर्दै एमालेको सूर्य चिन्हबाट राप्रपा नेपालका उम्मेदवारले चुनाव लड्ने सहमति गर्न पुगेका छन् ।

ओलीलाई गणतन्त्र र धर्मनीरपेक्षविरोधीका रुपमा माओवादी अध्यक्ष प्रचण्डले आरोप लगाइरहँदा कमल थापासँग तालमेल गर्न पुगेका हुन् ।

यसैगरी ओलीले एकनाथ ढकाल नेतृत्वको परिवार दलसँग पनि तालमेल गरेका छन् । परिवार दल पनि एमालेको सूर्य चिन्ह लिएर स्थानीय चुनावमा भाग लिने भएको छ । ढकाल युनिभर्सल पिस फेडेरेशनसँग आवद्ध छन् । उक्त संस्थाको मुख्यालय कोरियामा छन् । यो संस्था गैर हिन्दू फरक धर्मसँग सम्बन्धित छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot