Logo

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारको विदेश नीतिप्रति उठाए प्रश्न (सन्देशसहित)



काठमाडौं, ३० चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारको विदेश नीतिप्रति गम्भीर प्रश्न उठाएका छन् । उनले नेपाल कुनै देश विशेषसँग बढी टाँसिएर कसैप्रति दूरभाव राख्ने मार्गतर्फ लाग्यो कि भन्ने धारणा उत्पन्न भएको भन्दै प्रश्न उठाएका हुन् ।

२०७९ सालको शुभकामना दिदै उनले आज साँझ एक सन्देशमार्फत् छिमेकी मुलुकहरुप्रति अबलम्बन गर्ने नीति तथा व्यवहारले राष्ट्रको अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने भन्दै गम्भीरता देखाएका छन् । ‘छिमेकी मित्र राष्ट्रहरुप्रति हामीले अवलम्वन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र प्रभावित गर्दैन मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर हामी सदैव चनाखो हुनुपर्दछ,’ पूर्व राजा शाहले सन्देशमा भनेका छन् ।

पछिल्लो समय नेपाल कुनै एक छिमेकीसँग बढी ढल्किएको विषय उठिरहँदा शाहेको भनाई आएको हो ।

शाहले अर्थ व्यवस्था जटिल बन्दै गएको अर्थविद्हरु तथा उद्दमीहरुको चिन्ताबारे समेत उल्लेख गरेका छन् । नेपालीको घर घरमा बढ्दो महंगी र थपिंदो आर्थिक बोझले जीवन गुजरा गर्न कठिन भएको दुखेसो समेत प्रकट भइरहेको भनेका छन् ।

-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot