Logo

ओलीले दिए अर्थमन्त्रीलाई ‘अराजक’ को संज्ञा, सरकारले साख गुमाएको आरोप (विज्ञप्तिसहित)



काठमाडौं, १ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफ्नो साख गुमाएको टिप्पणी गरेका छन् । नयाँ वर्ष २०७९ को अवसरमा जारी शुभकामना सन्देशमार्फत अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्–‘सरकारले साख गुमाएको छ, विकास साझेदारको विश्वास गुम्दैछ । सरकारमाथि व्यवसायिक क्षेत्रको विश्वास गुमेको छ । निजी क्षेत्र यो सरकारबाट निराश छ ।’

अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धनलाई ‘सेटिङ–सिद्धान्त’ मा विश्वास गर्ने गठबन्धनको संज्ञा दिएका छन् । उनले गठबन्धनले सरकारले विज्ञहरुको सुझाव र प्रतिपक्षी दलको खबरदारीलाई मनन नगरेको बरु उल्टै प्रतिवादमा उत्रिएको पनि आरोप लगाएका छन् ।

ओलीले अर्थमन्त्री जनार्दन शर्मालाई अराजक अर्थमन्त्रीको रुपमा चित्रण गरेका छन् । उनले अराजक अर्थमन्त्रीको दबाबमा भागबण्डाको टेकोमा उभिएका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एकपछि अर्को गलत निर्णय लिईरहेको आरोप लगाएका छन् । उनले भनेका छन्–‘सबैभन्दा पछिल्लो निर्णयको रुपमा गभर्नरमाथि गैरकानूनी कारबाही रहेको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot