Logo

एमाले अध्यक्ष ओली स्काउटको मेधावी पदकबाट विभूषित (फोटोफिचर)



काठमाडौंं, १ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल स्काउटको मेधावी पदकबाट विभूषित भएका छन् । आज (बिहीबार) नेपाल स्काउटले आयोजना गरेको विशेष समारोहका बीच ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सो पदक प्रदान गरेकी हुन् ।

नेपाल स्काउटको विकास र विस्तारका लागि अतुलनीय योगदान गरेको भन्दै विश्व स्काउट संगठनको एसिया प्रशान्त क्षेत्रले ओलीलाई मेधावी पदकले विभूषित गरेको हो । स्काटउकाअनुसार ओलीले नेपाल स्काउटलाई सातै प्रदेश र ७५३ स्थानीय तहमा पु¥याउन संरक्षकको हैसियतले अतुलनीय योगदान गरेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot