Logo

छोरीको नामको बैंक खातालाई प्राथमिकता



जुम्ला, बैशाख २ । प्रदेश सरकारले तीन वर्षअघि सुरु गरेको छोरी सुरक्षा कार्यक्रमअन्तर्गत जुम्लाका २ हजार २ सय ६५ जना छोरीको नाममा बैंक खाता खोलिएको छ ।

कार्यक्रम सञ्चालन भएको तीन वर्षमा २२ सय बढी छोरी कार्यक्रममा समेटिएका हुन् । यो विवरणले पनि कर्णाली प्रदेश सरकारले सुुरु गरेको छोरी सुरक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

१ साउन २०७६ पछि जन्मिएका छोरीहरूको बैंक खाता खोलिएको हो । जसमा बितेको तीन वर्षमा २ हजार २ सय ६५ जना छोरीको नाममा बैंक खाता खोलिएको सामाजिक विकास कार्यालय जुम्लाको तथ्यांक छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्