Logo

६ वर्षीया बालिका बलात्कार गर्ने ५५ वर्षीय पुरुष पक्राउ



पर्सा, ३ बैशाख । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५५ वर्षीय एक पुरुष पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमावीरगञ्ज महानगरपालिका–१६ बस्ने बारा प्रसौनी गाउँपालिका–५ घर भएका ५५ वर्षीय पलट चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
चौधरीमाथि जबरजस्ती करणी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot