Logo

गठबन्धनमा गडबडीको संकेत



काठमाडौं, बैशाख ४ । आगामी स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर साझा उम्मेदवारी दिने सैद्धान्तिक सहमति गरेका पाँच दलीय गठबन्धनभित्र असन्तुष्टि बढ्दै गइरहेको छ । असन्तुष्टि बढ्दै जाँदा सत्तारूढ दलकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।

केन्द्रीय स्तरमा पाँच दलीय गठबन्धनले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेर सिट बाँडफाँडको मापदण्ड गृहकार्य गरिरहेको छ । यो समितिमा गठबन्धनभित्र रहेका दलबाट दुई दुई जना सदस्य रहेका छन् । तर, यो समितिले अझै सिट बाँडफाँड गर्न सकेको छैन ।

सिट बाँडफाँड गर्न नसकेको सत्ता गठबन्धनले नगरपालिका र गाउँपालिकाको क्रमशः प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षको तालमेलसम्बन्धी सिट बाँडफाँट गरी ३ वैशाखभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले समन्वय गरी ५ वैशाखभित्र केन्द्रलाई पठाउन भनेको छ ।

तर, जिल्ला जिल्लामा गठबन्धनभित्र रहेका दलबीच असन्तुष्टि बढ्दै गइरहेको छ । असन्तुष्टि बढ्दै जाँदा एक दलका नेताले अर्को दलका नेतालाई स्वीकार गर्न सकेका छैनन् । आफ्नो पालिकामा एकले अर्कोलाई सहयोग नगर्ने अडान लिँदै गठबन्धनभित्रका नेताले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

सत्तारूढ गठबन्धनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चा रहेका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot