Logo

शेयर बजारमा आज दोहोरो अंकको गिरावट, नेष्डोको सर्वाधिक कारोबार



काठमाडौं, ७ बैशाख । शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज ३६ दशमलव ७३ अंकले घटेर २३ सय २० दशमलव ५१ विन्दुमा रोकिएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ६ दशमलव ६९ अंकले घटेर ४४१ दशमलव ८ विन्दुमा थामिएको हो ।
बुधबार नेप्सेमा २२८ कम्पनीको १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७५५ रुपैयाँ बराबरको ३५ लाख ७० हजार १४ कित्ता शेयर खरिद विक्रि भएको छ ।

आज सबैभन्दा धेरे नेष्डोको कारोबार भएको छ । कम्पनीको आज १४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot