Logo

३ वर्षपछि आज राष्ट्रिय खेलकुद परिषद्को बैठक बस्दै



काठमाडौं, ९ बैशाख । करिब ३ वर्षपछि आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बैठक बस्दैछ ।

नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद लगायतको विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

आजको बैठकमा १९औं एसियन गेम्सको सहभागितालाई मुख्य एजेण्डाको रुपमा समावेश गरिने जनाइएको छ ।

बैठकमा मन्त्रीपरिषद्को निर्णयबाट नियुक्त भएका बोर्ड सदस्यहरुको उपस्थिति हुने छ ।



प्रतिक्रिया दिनुहोस्