Logo

भारतले मित्र छान्न सक्छ छिमेकी छान्न सक्दैनः निर्मला सिथारमन



एजेन्सी, ११ वैशाख । भारतकी वित्तमन्त्री निर्मला सिथारमनले आफ्नो देशले मित्र छान्न सक्ने तर छिमेकी छान्न नसक्ने प्रतिक्रिया दिएकी छिन् । अमेरिका भ्रमणमा रहेकी उनले भारतको छिमेकसँगको समस्याबारे सोधिएको प्रश्नमा यस्तो उत्तर दिएकी हुन् ।

‘तपाईं मित्र छान्न सक्नुहुन्छ, छिमेकी छान्न सक्नुहुन्नँ,’ सिथारमनले गएराति अमेरिकामा भनिन् । भारतले युक्रेन युद्ध पछि पनि रुससँग हतियार र तेल खरिद गरिरहेको विषय उठिरहँदा निर्मलाको भनाई आएको हो ।

भारतको अमेरिकासँगको महत्वपूर्ण सम्बन्ध रहेको भन्दै उत्तरी छिमेकी चीनसँगको तनावपूर्ण सम्बन्धबारे पनि बुझ्न भनिन् । उनले मित्रले जहिले पनि मित्रलाई बलियो बनाउन साथ दिनुपर्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot