Logo

निर्वाचन नजिकिदाँ सेयर बजारमा हरियाली



काठमाडौँ, ११ वैशाख । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से ९५.५ अंकले बढेको छ ।

नेप्से ४.११ प्रतिशतले बढ्दा नेप्से २४२० अंकमा वन्द भएको छ । आज १९३ कम्पनीको मूल्य बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ । सबै उपसमूह उक्लिएका छन् ।

नेसनल हाइड्रो, बेस्ट, श्री इन्भेष्टमेन्ट, मञ्जुश्री, जानाकी फाइनान्स, अरुणभ्याली, खानीखोला, घलेम्दी, युनिभर्सल र हिमाल दोलखा हाइड्रोको मूल्य १० प्रतिशतले बढ्यो ।

अरु ८ कम्पनीको मूल्य ९.९ प्रतिशतले बढेको छ । जल्पा, इमर्जिङ, पोखरा फाइनान्स, आँखुखोला, नेपाल हाइड्रो, बरुण, सिंगटी हाइड्रो तथा युनाइटेड मोदीको मूल्य ९.९ प्रतिशतले बढेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot