Logo

गठबन्धनको निर्णयविपरित दर्ता भएको उम्मेदवारी फिर्ता गर्न निर्देशन (विज्ञप्तीसहित)



काठमाडौं, १४ बैशाख ।  दोहोरो उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई फिर्ता गर्न सत्ता गठबन्धनले निर्देशन दिएको छ । आज बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि देशभरका ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको निर्णय विपरित दोहोरो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो ।

बैठकले मातहतका संयन्त्रलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको स्रोतले जनाएको छ । साथै बैठकमा चुनावी तालमेलको समिक्षा पनि गरिएको थियो । सकेसम्म सहमति गरेर उम्मेदवार बनाउने समेत निर्णय बैठकले गरेको हो।

सत्ता गठबन्धनबीच केन्द्र देखिनै सिट बाँडफाँट भएपनि अधिकांशमा बागी उम्मेदवारी परेको छ । त्यसलाई फिर्ता गर्न केन्द्रले निर्देशन दिएको हो ।

नगर, स्थानीय सम्बन्धित जिल्ला र प्रदेश गठबन्धनको संयन्त्रलाई साझा उम्मेदवारको लागि पहल समेत गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्